गृह · शब्दकोश

महाभारत

[ना.]

१. काभ्रेपलान्चोक जिल्लामा रहेको एक गाउँपालिका।

२. कौरव, पाण्डवका बिच अठार दिनसम्म चलेको प्रसिद्ध युद्ध।

३. ठुलो झगडा; महायुद्ध।

४. ठुलो परिश्रम।

५. नेपालको सिवालिक पर्वतदेखि उत्तर र हिमालयदेखि दक्षिणपट्टि पूर्वपश्चिम फैलिएको पर्वतशृङ्खला।

६. भारतवंशको चरित्र तथा कौरव, पाण्डवका युद्धको वर्णन भएको, जम्मा अठार पर्वमा विभाजित, व्यासरचित एक प्रसिद्ध पूर्वीय आख्यान वा महाकाव्य।

⟵ फेरि सूचीमा जानुहोस्