दृष्टि
[ना.]
१. कुनै काम वा व्यवहारप्रतिको विचार वा राय।
२. कुनै कुरा पाउने लालसाले हेर्ने काम; लोभिँदो हेराइ।
३. तन्त्रमन्त्र वा टुनामुना जान्नेहरूको हेराइ; कुदृष्टि।
४. दृष्टि बन्धक; दृष्टिबन्धकी (तमसुक)।
५. वास्तु वा मूर्तिकलाका अनुसार सात मात्राबराबरको नाप; सात अङ्गुलबराबरको नाप।
६. हेरेर जानिने बुझिने भाव, वृत्ति वा शक्ति; हेर्ने काम; हेराइ; अवलोकन।