द्वार

[ना.]

१. कुनै ठाउँ, क्षेत्र, नगर वा हाताभित्र पस्ने र त्यहाँबाट निस्कने खुला ठाउँ; प्रवेशपथ; बाहिरी ढोका

२. ढोका बन्द गर्ने र खोल्ने फग्ल्याँटो; खापा

३. ढोका; दैलो

४. निकास; मुहान

५. माध्यम

६. वास्तु तथा मूर्तिकलामा एक अङ्गुल वा मात्राको नौगुनाबराबरको नाप; प्रादेश, सूत्र वा ग्रहबराबरको नाप; नौ अमल; नौ अङ्गुल

७. शरीरका इन्द्रियहरूको छिद्र