गृह · शब्दकोश

द्वार

[ना.]

१. कुनै ठाउँ, क्षेत्र, नगर वा हाताभित्र पस्ने र त्यहाँबाट निस्कने खुला ठाउँ; प्रवेशपथ; बाहिरी ढोका।

२. ढोका बन्द गर्ने र खोल्ने फग्ल्याँटो; खापा।

३. ढोका; दैलो।

४. निकास; मुहान।

५. माध्यम।

६. वास्तु तथा मूर्तिकलामा एक अङ्गुल वा मात्राको नौगुनाबराबरको नाप; प्रादेश, सूत्र वा ग्रहबराबरको नाप; नौ अमल; नौ अङ्गुल।

७. शरीरका इन्द्रियहरूको छिद्र।

⟵ फेरि सूचीमा जानुहोस्