गृह · शब्दकोश

नारा

[ना.]

हरिस अड्याउन जुवामा लगाइने छाला वा जुटको फित्ता; हल्लुँड।

[ना.]

१. कुनै संस्था वा व्यक्तिहरूले आफूले गरेको माग तथा अँगालेको विचार, सिद्धान्त आदिको सार्वजनिक प्रचारका लागि उपयोगमा ल्याइने शब्द, पदावली आदिको कथन वा उद्घोष।

२. ठुलो आवाज; कुनै कुराको फलाको।

[ना.]

हिउँ पग्लेका बेलामा नेपाल र भोटका बिच आवतजावत गर्ने, जुम्ला जिल्लाको १६,०८५ फिट अग्लो एक भन्ज्याङ।

[ना.]

अरुणाचलमा पुरुषले प्रयोग गर्ने डोको।

[ना.]

सानो जातको कत्ला भएको माछो।

⟵ फेरि सूचीमा जानुहोस्