गृह · शब्दकोश

अन्त

[ना.]

१. कामकुराको समाप्ति; नाश।

२. कामको आखिरी अवस्था; सो काम पूरा हुने समयविन्दु; आखिरी; टुङ्गो।

३. कामको आखिरी नतिजा; अन्तिम परिणाम।

४. मरण; मृत्यु; देहावसान।

५. रहस्य; मर्म वा गुप्त भेद।

६. वस्तुको अस्तित्व, विस्तार आदि समाप्ति हुने ठाउँ; हद।

[क्रिवि.]

वक्ता रहेको ठाउँभन्दा बाहेकको ठाउँमा; अरू ठाउँमा; अन्य स्थानमा; अन्यत्र।

[क्रिवि.]

कुराका सिलसिलामा जिज्ञासा जनाउँदा दोस्रो वक्ताद्वारा प्रयोग गरिने शब्द; त्यसपछि; त्यसका अतिरिक्त।

⟵ फेरि सूचीमा जानुहोस्