गृह · शब्दकोश

हाल्नु

[सक्रि.]

१. सहायक क्रियाका रूपमा गाँसिएर निश्चय, शीघ्रता आदि बुझाउने क्रियापद।

२. कुनै कुरो भाँडा आदिमा वा मुखमा राख्नु वा पार्नु; मिलाउनु; थन्क्याउनु।

३. प्रवेश दिनु; नियुक्ति गर्नु; भर्ना गर्नु।

४. मिलाउनु वा तोक्नु।

५. मिल्ने ठाउँमा पसाल्नु वा घुसार्नु; प्रवेश गराउनु।

६. मोल दिनु।

७. सौता ल्याउनु।

⟵ फेरि सूचीमा जानुहोस्