गृह · शब्दकोश

निकाल्नु

[सक्रि.]

१. अरूले पत्ता नलगाएको वस्तु पत्ता लगाउनु।

२. कुनै पदार्थमा नयाँ बुट्टा वा बान्की बनाउनु।

३. कुनै व्यक्तिलाई देश, ठाउँ, कामकाज आदिबाट हटाउनु।

४. फुर्ती, ढाँचा आदि झिक्नु।

५. बसेको देश, ठाउँ आदिबाट लखेट्नु; धपाउनु।

६. भित्र भएको कुनै वस्तु बाहिर झिक्नु वा अन्यत्र कतै पठाउनु।

७. रोकिएको कुनै व्यक्ति वा वस्तुलाई छुटाउनु; बन्धनबाट मुक्त पार्नु।

८. लुकेको वस्तुलाई बाहिर प्रकाशमा ल्याउनु।

⟵ फेरि सूचीमा जानुहोस्