गृह · शब्दकोश

नाल

[ना.]

१. कमलको डाँठ।

२. कोदालीको पासो र पाताका बिचको बाङ्गो भाग; बिँड।

३. घरको फोहोरमैला, जुठो आदि फाल्ने ठाउँ; रछान।

४. नली; ढुङ्ग्रो।

५. फोहोर पानी बग्ने ठाउँ वा निकास (ढल, डुँड, पाइप आदि)।

६. बन्दुक, तोप आदिको गोली निस्कने नली।

७. शिशुका नाभिको आन्द्रो; साललाई नाइटामा जोड्ने अवयव।

[ना.]

१. एक प्रकारको सरकारी दस्तुर।

२. घोडाका टापमा वा जुत्ताका कुर्कुच्चामा ठोकिने अर्धचन्द्राकार फलामे साधन।

३. जुवा खेलाउनेले खेल्नेहरूसँग लिने बहाल वा दस्तुर।

[ना.]

खाँबो वा गारोको खण्डले छुट्याउने घरको खण्ड वा पाखो।

⟵ फेरि सूचीमा जानुहोस्