गृह · शब्दकोश

धृति

[ना.]

१. एक पाउमा अठार अक्षर हुने छन्दका सबै भेद।

२. गौरी आदि सोह्र मातृकामध्ये एक।

३. चन्द्रमाका सोह्र कलामध्ये एक कलाको नाम।

४. ज्योतिषशास्त्रअनुसार एक योग।

५. धारण गर्ने भाव, गुण वा शक्ति; धैर्य; धीरता।

६. वास्तु वा मूर्तिकलामा प्रयोग हुने एक अङ्गुल वा मात्राको नब्बे गुनाबराबरको नाप; गतिको तीन गुना बराबरको नाप; दिक्, आयुध, नाडी वा प्रादुर्भावको नौ गुनाबराबरको नाप; नब्बे अङ्गुलबराबरको नाप।

७. समाउने क्रिया; ग्रहण गर्ने काम।

८. स्थिरता; अचलता।

⟵ फेरि सूचीमा जानुहोस्