गृह · शब्दकोश

नाडी

[ना.]

१. छ क्षणको एक काल मान।

२. ज्योतिषशास्त्रअनुसार वरवधूको राशिगणनामा कल्पित चक्रको नक्षत्रसमूह।

३. नियमित रूपले रक्त सञ्चालन हुने तथा गतिको घटबढ नाप गरिने हातको नसा।

४. मर्मस्थल; सन्नी।

५. वास्तु वा मूर्तिकलामा प्रयुक्त हुने एक अङ्गुल वा मात्राको दश गुना बराबरको नाप; सय ताल, आयुध वा प्रादुर्भावबराबरको नाप; दश अङ्गुलबराबरको नाप।

६. शरीरभित्रका विभिन्न अवयवमा रगत बग्ने नली; रक्तवाहिनी नली; धमनी; शिरा।

७. हठयोगअनुसार षट्चक्रको अभ्यास गर्दा शरीरमा अवस्थित इडा, पिङ्गला र सुषुम्ना तीन नली।

८. हत्केलाको फेद; नारी।

⟵ फेरि सूचीमा जानुहोस्