गृह · शब्दकोश

गति

[ना.]

१. आचरण; व्यवहार।

२. ईश्वरीय स्वरूप; मोक्ष; मुक्ति।

३. एक स्थिति वा रूपबाट अर्को स्थिति वा रूपमा परिवर्तन; एक ठाउँबाट अर्को ठाउँमा गमन; चाल; हिँडाइ; सराइ; वेग।

४. क्रियाशीलता र यसको सीमा; क्षमता।

५. जीवात्माले मृत्युपछि प्राप्त गर्ने अवस्था।

६. प्रवेश; पहुँच।

७. मार्ग; बाटो।

८. मृतकको देहावसानपछि दाहसंस्कारदेखि लिएर दश दिनसम्मको काजक्रिया।

९. वस्तु वा प्राणीको विभिन्न दशा; अवस्था; यात्रा।

१०. वास्तु तथा मूर्तिकलामा तिस अङ्गुल वा प्रादुर्भावको तीन गुणा बराबरको नापो (तिस इन्च)।

११. श्वासको क्रम; नाडी।

⟵ फेरि सूचीमा जानुहोस्