गति

[ना.]

१. आचरण; व्यवहार

२. ईश्वरीय स्वरूप; मोक्ष; मुक्ति

३. एक स्थिति वा रूपबाट अर्को स्थिति वा रूपमा परिवर्तन; एक ठाउँबाट अर्को ठाउँमा गमन; चाल; हिँडाइ; सराइ; वेग

४. क्रियाशीलता र यसको सीमा; क्षमता

५. जीवात्माले मृत्युपछि प्राप्त गर्ने अवस्था

६. प्रवेश; पहुँच

७. मार्ग; बाटो

८. मृतकको देहावसानपछि दाहसंस्कारदेखि लिएर दश दिनसम्मको काजक्रिया

९. वस्तु वा प्राणीको विभिन्न दशा; अवस्था; यात्रा

१०. वास्तु तथा मूर्तिकलामा तिस अङ्गुल वा प्रादुर्भावको तीन गुणा बराबरको नापो (तिस इन्च)।

११. श्वासको क्रम; नाडी