दोहोरी

[वि.]

१. अड्डामा हालसाबिक हुँदा अकर्ण वासलातमा लेखिएको नगदी, जिन्सी आदि धेरै भएर बुझाउन नभ्याएका खण्डमा बुझ्न बुझाउन नसकुन्जेलका लागि रोजरोजै बुझाएको वा बुझेको हो भनी साबिकवालाले हालवालालाई र हालवालाले साबिकवालालाई सहीछाप गरी दिने लिखत कागत; दोहोरो

२. केटा तथा केटीहरू मिलेर सवालजवाफका रूपमा गाइने गीत; जुहारी; दोहरी।

३. दुई जना परस्पर मुख हुने गरी उभिएर पालैपालो मच्चाउँदै खेलिने पिङको खेल

४. दुलाहा वा दुलही कुनै एक पक्षले दुवै पक्षमा लगाउने खर्च

५. बिहामा जन्ती पर्छेपछि र दुलही अन्माउनुअघि जन्तीलाई खुवाइने भोजन

६. साहुलाई गरिदिएका लिखतको साहु तथा आसामी दुवै थरीले लिने एक एक प्रति सक्कल कागत

७. दुवैतिरको; दुवैतिर हुने