वासलात
[ना.]
१. संस्थाको वार्षिक आम्दानीखर्चको विवरण।
२. साबिकवालाले आफूले काम गरेको मितिसम्मको स्याहास्रेस्ता र आम्दानीखर्चको स्रेस्ताले ठहर भएबमोजिम मौज्दात, बाँकी, नगदी, जिन्सी जो भएको सबै लेखी हालवालालाई सुम्पिन तयार पारिने कागजात; सरुवा हुने कर्मचारीले बुझबुझारथ गर्दा लेखिने कागज।