गृह · शब्दकोश

ताल

[ना.]

१. काम गराइको चोटि वा पटक।

२. खुसी प्रकट गर्दा दुई हत्केला बजाएर निकालिने शब्द; ताली।

३. झ्यालढोकाको चौकोस कस्नका निम्ति गारोमा तेर्स्याइने लामो काठ।

४. ढोकाको आग्लो खोल्ने वा लगाउने फलामे साधन।

५. ताडको रुख।

६. नाचगानको ढङ्ग वा पारा; छाँट; चाल।

७. मादल, तबला, झ्याम्टा आदि ठोकेर वा जुधाएर बजाइने बाजाको मात्रा।

८. सन्जोग; मौका।

[ना.]

पानी प्रशस्त जमेको ठाउँ; ठुलो प्राकृतिक पोखरी; दह।

[ना.]

झ्याली; मुजुरा।

[ना.]

ताला।

[ना.]

ताडको रुख।

[ना.]

१. अवसर; मौका; स्वाद।

२. तालु।

३. दैलाको प्वालमा छिराएर भित्रको आग्लो लगाउन प्रयोग गरिने फलामे डन्डी।

⟵ फेरि सूचीमा जानुहोस्