गृह · शब्दकोश

मादल

[ना.]

१. दाहिनेतिर साँगुरो र देब्रेतिर केही ठुलो मुख भएको, तेर्सो पारेर कम्मरमा भिरी नाङ्गो हातले बजाइने, छालाको खरीसहितको नेपालको अति लोकप्रिय तालबाजा।

२. धुरा वा धुरी पस्ने रथ, बग्गी वा गोरुगाडाका पहियाका बिचको अवयव; नाउ।

३. रोटेपिङको दुई खाँबाका बिचमा रहने बलो।

⟵ फेरि सूचीमा जानुहोस्