गृह · शब्दकोश

साज

[ना.]

सालका जस्ता पात र खैरा गोल फल फल्ने, गाईवस्तुलाई डाले घाँसका रूपमा खुवाइने एक जातको वृक्ष।

[पस.]

१. विशेष काममा उपयोग गरिने सामान; सामग्री।

२. व्यक्ति वा वस्तुलाई सजाउने गहना, कपडा आदि साधन; शृङ्गारको सामग्री।

३. सङ्गीतका क्षेत्रमा उपयोग गरिने वाद्यसामग्री।

४. सवारीका निम्ति घोडा आदि सजाउने सामान (काठी, लगाम आदि)।

५. कुनै वस्तुवाचक नामका पछाडि जोडिएर 'त्यो वस्तु बनाउने वा मर्मत गर्ने' भन्ने अर्थ बुझाउने शब्द।

[वि.]

साफी; शुद्ध।

⟵ फेरि सूचीमा जानुहोस्