साफी
[वि.]
१. एकपल्ट लेखेको कुरा दोहोर्याएर सफा र शुद्धसँग सार्ने काम; मसौदा वा खेस्रा राम्ररी सार्ने काम।
२. दोहोर्याएर सफासँग सारेको कागत; मसौदा वा खेस्रा सारेको शुद्ध प्रति।
३. दोहोर्याएर सफासँग सारेको; मसौदाबाट सफा प्रति उतारिएको।
[ना.]
मुख्य रूपमा नेपालको सहरी क्षेत्रमा बसोबास गर्ने धोबी जातिको एक थर।
[ना.]
१. गाँजा, कक्कड आदिका चिलिमको भेट्नामा धुवाँ छान्नका लागि बेरिने कपडा वा त्यसमा घुसारिने घाँस, पराल आदिको बुजो।
२. रुमाल।