गृह · शब्दकोश

गोल

[वि.]

१. वृत्ताकारको बनोट वा रचना।

२. बाटुलो; वृत्ताकार; मण्डलाकार।

[ना.]

१. रक्त सम्बन्ध वा अन्य कुनै सम्बन्धबाट बाँधिएको समूह।

२. समूह; जमात; झुन्ड।

[ना.]

१. आगाको राप भएका कोइला; भुङ्ग्रो।

२. काठपात आदिलाई बाली खरानी हुन नपाउँदै आगो निभी वा निभाई बाँकी रहेको कालो पदार्थ; निभेको कोइला; अँगार।

[ना.]

१. त्यस्ता खेलमा एक पक्षका खेलाडीहरूले सुरक्षा गर्दागर्दै पनि अर्को पक्षका खेलाडीहरूले निर्धारित ठाउँमा भकुन्डो आदि पुर्‍याई वा पसाई प्राप्त गरेको विजय।

२. भकुन्डो, हकी आदिका खेलमा पक्षतर्फबाट सुरक्षा गरिएको तर विपक्षका खेलाडीहरूले विजयका निम्ति भकुन्डो आदि पुर्‍याउनुपर्ने निर्धारित ठाउँ।

⟵ फेरि सूचीमा जानुहोस्