व्यास

[ना.]

१. कुनै वस्तुको विस्तार; फैलावट

२. तनहुँ जिल्लामा रहेको एक नगरपालिका

३. दार्चुला जिल्लामा रहेको एक गाउँपालिका

४. पुराण भन्ने व्यक्ति; पुराणका वक्ता वा वाचक

५. मारवाडी समुदायको एक थर।

६. यसै नामको एक हिमाल

७. वृत्तलाई आधा पार्दै परिधिको एक स्थानबाट अर्को स्थानसम्म पुग्ने कल्पित सोझो रेखा

८. वेदका मन्त्रहरूको सङ्ग्रह गर्ने र तिनलाई तीन भागमा विभक्त गर्ने पुराणप्रसिद्ध एक ऋषि; पुराणहरूका निर्माता वा सम्पादनकर्ता ऋषि; वेदव्यास; कृष्णद्वैपायन

९. हिउँ पग्लेको बेला नेपालतिब्बतका बिच आवागमन गर्न हुने सुदूरपश्चिम प्रदेशको एक क्षेत्र तथा घाटी