गृह · शब्दकोश

प्रदेश

[ना.]

१. कुनै ठाउँ; स्थान।

२. कुनै भूभाग।

३. भाषा, रीतिरिवाज, हावापानी र अन्य भौगोलिक स्थिति, प्रशासन आदिका दृष्टिले छुट्याइएको देशको एउटा ठुलो भाग; प्रान्त।

४. भूभाग वा नदीका दृष्टिले नेपालका तीन भौगोलिक (हिमाली, पहाडी र तराइली वा कोसी, गण्डकी र कर्णाली) विभाजनमध्ये कुनै एक।

५. वास्तुकलामा वा मूर्तिनिर्माणसम्बन्धी कलामा अङ्गुलको नौ गुनाबराबरको नापका लागि प्रयोग गरिने शब्द; नौ अमलबराबरको नाप।

६. शरीरको अङ्ग; अवयव।

७. हे. परदेश।

⟵ फेरि सूचीमा जानुहोस्