विषम
[वि.]
१. चारै चरणमा समान अक्षर नहुने छन्द।
२. दुई भिन्न विरोधी वस्तुको सम्बन्ध वा यथायोग्यको निरूपण गर्दा पर्ने एक अर्थालङ्कार।
३. अधिकतम र न्यूनतम तापक्रममा धेरै अन्तर भएको; ग्रीष्ममा धेरै गर्मी र हिउँदमा धेरै जाडो हुने।
४. एक दिन बिराएर आउने (ज्वरो)।
५. दुःख वा डर पैदा गर्ने किसिमको; कष्टकर; भयङ्कर।
६. दुई अङ्कले भाग नलाग्ने; बिजोर (सङ्ख्या)।
७. सजिलैसित बुझ्न नसकिने; बुझ्न गाह्रो; दुर्बोध्य।
८. सबै भाग, अंश वा पक्ष समान वा बराबर नभएको; कम्ती वा बेसी भएको; असमान।