गृह · शब्दकोश

पार

[ना.]

१. आखिरी छेउ; अन्तिम सीमा।

२. कामको समाप्ति; सिद्धि।

३. छुटकारा; मुक्ति; उद्धार।

४. डाँडा वा पहाडको पल्लो पाटो।

५. नदी, समुद्र आदिको पल्लो किनारा; पल्लो तीर वा तट।

६. समाधान।

[ना.]

घामको ताप; पहार।

⟵ फेरि सूचीमा जानुहोस्