गृह · शब्दकोश

पान

[ना.]

वचन; कुरा; भाषा।

[ना.]

भात पकाएपछि लिपपोत गर्नुअघि जुठो सफा गरिएको भान्सा।

[ना.]

१. चुम्बन; म्वाइँ।

२. पिइने पदार्थ; पेयपदार्थ।

३. पिउने काम; पन्यालो पदार्थ वा धुवाँ निल्ने काम।

[ना.]

१. खयर, चुन, सुपारी आदि हाली बनाइएको सोही पातको खिल्ली।

२. पानको पातका आकारका राता फुट्टी हुने तासका चक्कीको एक प्रकार।

३. पिपलका पातका आकारका पात हुने एक प्रसिद्ध लहरो; ताम्बुली; खयर, चुन आदि हालेर खाइने, आयुर्वेदमा रक्तवर्धक, कफनाशक, बलवर्धक र रुचिकारक गुण बताइएको त्यसको पात।

[ना./ वि.]

पाँच।

[ना.]

समास भएका केही शब्दको आरम्भमा देखिने ‘पानी’ को सङ्क्षिप्त रूप।

⟵ फेरि सूचीमा जानुहोस्