पिपल
[ना.]
पानका आकारको तर टुप्पाको भाग केही लामो हुने, डाँठ हुने, बरकै किसिमका मसिना गोल फल फल्ने, बोक्रा हुने र खोटो निस्कने एक जातको वृक्ष; अश्वत्थ; पिप्पल (आयुर्वेदमा यसको बोक्रा दिसासम्बन्धी रोगमा र बियाँ शीतकारक औषधीको रूपमा प्रसिद्ध छ र हिन्दुहरूका दृष्टिमा यो पवित्र वृक्ष मानिन्छ)।