सुषुम्ना
[ना.]
१. आयुर्वेदअनुसार अरू नाडीहरूले बेरिएको, नाभिस्थलका माझमा रहेको केन्द्रीय नाडी।
२. योगशास्त्रअनुसार, इडा र पिङ्गला नाडीका बिचमा रहेको नाडी; इडा, पिङ्गला र सुषुम्ना तीन प्रकारका नाडीमध्ये तेस्रो नाडी।
३. शरीरविज्ञानका अनुसार नाभिबाट आरम्भ भई मेरुदण्ड हुँदै ब्रह्मरन्ध्रसम्म पुग्ने नाडी।