सङ्घ

[ना.]

१. कुनै विशेष उद्देश्य पूर्तिका निम्ति बनेको वा समान उद्देश्य लिएका धेरै व्यक्ति वा सङ्गठित संस्थाहरूको समूह; कुनै विशेष सिद्धान्त, नियम आदिमा आधारित संस्था

२. परराष्ट्र नीति, रक्षा, मौद्रिक व्यवस्था आदि समान उपयोगका प्रमुख विषयहरू केन्द्रीय सत्तामा राखी अन्य कुरामा स्वायत्त शासनको अधिकार प्रयोग गर्ने अनेक राज्यको सङ्गठन वा एकाइ

३. प्राचीन कालमा प्रचलित एक प्रकारको प्रजातान्त्रिक पद्धति

४. बौद्धभिक्षुहरूको मठ वा समाज

५. समूह; मण्डली; जमात