नीति

[ना.]

१. उपाय; युक्ति

२. त्यस पद्धतिबाट हिँड्दा अँगाल्नुपर्ने नियम

३. राज्य सञ्चालनका चार प्रमुख उपाय साम, दाम, दण्ड र भेदमध्ये कुनै एक।

४. विभिन्न जाति, वर्ण, आश्रम, धर्म, सम्प्रदायहरूका प्रवर्तकबाट लोकव्यवहारको सञ्चालनका लागि निर्धारित आचरण; आचार पद्धति; आचारसंहिता

५. सरकार वा संस्था आदिले आफ्नो कार्य सञ्चालनका लागि अँगाल्ने आधारभूत सिद्धान्त