गृह · शब्दकोश

बिग्रनु

[अक्रि.]

१. काम नलाग्ने हुनु; हानि हुनु।

२. कुनै वस्तु बनाउन थाल्दा चुकेर वा नजानेर नबन्नु; खेर जानु; विफल हुनु।

३. कुनै वस्तुको रूप, गुण आदिमा कुनै प्रकारले विकार आउनु; बिगार हुनु; सड्नु; कुहुनु।

४. खराब बानी लिनु; बदमास बन्नु।

५. गर्भ तुहुनु।

६. जाति, धर्म, नीति, उद्देश्य आदिबाट च्युत हुनु; पतित हुनु।

७. टुटफुट वा भताभुङ्ग हुनु; भत्कोस लाग्नु।

८. पोइल जानु; बोरिनु।

⟵ फेरि सूचीमा जानुहोस्