गृह · शब्दकोश

पेच

[ना.]

१. कुनै डन्डी, काँचको सिसी वा धातुको नलीमा ढिम्री वा बिर्को कस्नका निम्ति बनाइएको फनफनी घुमेको रेखा; गुना।

२. कुस्ती आदि खेल्दा अर्कालाई पछार्ने जुक्ती; कुनै प्रतिद्वन्द्वितामा अर्कालाई हराउने जुक्ती।

३. चङ्गा उडाएर लडाउँदा दुई पक्षका चङ्गाको धागो जोल्ट्याउने काम।

४. चलाकी; धूर्तता।

५. छनक; व्यङ्ग्य।

६. झन्झट; बखेडा।

७. पगरीको अगिल्तिर शोभाका निम्ति जडिएको आभूषण; कल्की; शिरपेच।

८. बेरिएको डाँडो; घुमाएर कस्ने एक प्रकारको डोल्सी परेको किलो।

९. भित्री वैमनस्य; गुप्त षड्यन्त्र।

⟵ फेरि सूचीमा जानुहोस्