गृह · शब्दकोश

कोरा

[वि.]

१. सादा, सेतो र माड नपछारिएको बाक्लो कपडा; खोल, पटुका र कछाडमा प्रयोग गरिने खस्रो सेतो कपडा।

२. अनुभव नभएको वा आवश्यक व्यवहार नबुझेको; काँचो; सिकारु।

३. परिष्कार नभएको; नमाझिएको।

४. सामान तयार पार्न काम लाग्ने र कच्चा (वस्तु)।

[ना.]

नेपालको पूर्वी क्षेत्रमा बसोबास गर्ने किसान जातिको एक थर।

[ना.]

मानिस मर्दा किरियापुत्रीले अरूलाई नछुने र सेतो चोखो धोती फेरी एकान्तमा वा कोठो बारेर अलग्गै बस्ने काम; किरिया बस्ने ठाउँ।

[ना.]

काख।

⟵ फेरि सूचीमा जानुहोस्