गृह · शब्दकोश

फेरी

[ना.]

१. कुनै स्थानको वरिपरि घुम्ने काम; प्रदक्षिणा।

२. गोरखमतका अनुयायी फिरन्ता साधुहरूले भूतप्रेत आदिका प्रकोपबाट लोककल्याण गर्न रातमा घर घरमा घुमेर हरिणका सिङको बाजा बजाउँदै हिँड्ने काम।

३. व्यापारीहरूले माल लिई बिक्री गर्न यताउति घुमफिर गर्ने काम।

[ना.]

१. घाटमा नाउ, डुङ्गा आदि चलाउने ठेक्का।

२. नदी आदि तर्नका निम्ति प्रयोग गरिने उपकरण।

३. नाउ, डुङ्गा आदिबाट वारपार गर्ने ठाउँ; नदी तर्ने घाट।

⟵ फेरि सूचीमा जानुहोस्