सत्र

[ना.]

१. तास, पासा आदि खेलको दाउविशेष।

२. दशमा सात जोड्दाको सङ्ख्या; १७ अङ्क

३. मनले चिताएअनुसारको सन्जोग; राम्रो मौका; फलिफाप

[ना.]

१. आश्रय लिइने ठाउँ; घर; गृह

२. तेह्र दिनदेखि सय दिनभित्रमा समाप्त गरिने एक यज्ञ; होम

३. विद्यालय, महाविद्यालय आदिको पढाइ हुने समय वा कार्यावधि; शैक्षिक वर्ष

४. सभा, संस्था आदिको केही समयसम्म नियमित रूपले तथा निरन्तर हुने बैठक वा अधिवेशन

५. साधु वा असमर्थ गरिबहरूलाई नियमित रूपले भोजन दिइने वा बाँडिने ठाउँ; सदावर्त; दानपुण्य