गृह · शब्दकोश

आत्मा

[ना.]

१. कुनै वस्तुको मूल वा सारतत्त्व (शब्दको आत्मा, काव्यको आत्मा इ.)।

२. मन वा अन्तःकरणका व्यापारको ज्ञान गराउने सत्ता; जीवात्मा।

३. मन; हृदय।

४. शरीरमा रहेमा त्यसलाई जीवित राख्ने र क्रियाशील बनाउने तथा नरहेमा निष्क्रिय वा मुर्दा बनाउने अविनाशी, अतीन्द्रिय र अभौतिक शक्ति।

५. सत्, चित्, आनन्द सम्बन्धी पदार्थ; चैतन्य तत्त्व।

⟵ फेरि सूचीमा जानुहोस्