आत्मा

[ना.]

१. कुनै वस्तुको मूल वा सारतत्त्व (शब्दको आत्मा, काव्यको आत्मा इ.)।

२. मन वा अन्तःकरणका व्यापारको ज्ञान गराउने सत्ता; जीवात्मा

३. मन; हृदय

४. शरीरमा रहेमा त्यसलाई जीवित राख्ने र क्रियाशील बनाउने तथा नरहेमा निष्क्रिय वा मुर्दा बनाउने अविनाशी, अतीन्द्रियअभौतिक शक्ति

५. सत्, चित्, आनन्द सम्बन्धी पदार्थ; चैतन्य तत्त्व