गृह · शब्दकोश

पास

[ना.]

जाँडका छोक्रा।

[ना.]

जमिन आदि बेच्दा सो जग्गा वा वस्तुको हक वा कुनै लिखत दर्ता गर्ने काम।

[नायो.]

१. निकट; नजिक।

२. नजिक; नेर; निकट; निर।

३. साथ; सँग; सित।

[ना.]

हे. पासो।

[वि.]

१. आफ्नो हकभोगको जमिन आदि सम्पत्ति बेच्दा वा किन्दा अड्डाबाट गरिएको लिखतको स्वीकृति।

२. परीक्षा वा अन्य कुनै जाँचमा उत्तीर्ण हुने प्रक्रिया; सफलता (चार पास, छ पास)।

३. पार हुने वा छिर्ने काम।

४. प्रतिबन्ध लागेका ठाउँमा विनारोकटोक जानका निम्ति दिइने अनुमतिपत्र।

५. निपुण; दक्ष; सिपालु।

६. स्वीकृत; मन्जुर; पारित।

[ना.]

भन्ज्याङ (खैबर पास; नाथुला पास)।

⟵ फेरि सूचीमा जानुहोस्