गृह · शब्दकोश

पाटी

[ना.]

१. आराले चिर्दै गरेका काठको चिरिएको भागतिर चिर्न सजिलो पार्न ठोकिने काठको टुक्रो।

२. कुनै दुलो परेको ठाउँ बुज्याउन ठोकिने काठको ठेडी।

३. केटाकेटीलाई अक्षर लेखाउने काठ, ढुङ्गा आदिको फल्याक; काठ वा ढुङ्गाको सिलोट।

४. दोइलाको दायाँबायाँ ठडिएको काठ।

५. दौराका फेरका बिब्ल्याँटापट्‌टि गाँसिने कपडाको धरो।

६. हलो बाँध्दा हरिस मिलाउन ठोकिने काठको च्याप्टो चोइटो।

[ना.]

१. कुनै काम वा निर्माण तथा रचना आदिको पद्धति; शैली; तरिका।

२. परिपाटी; रीति; शैली।

३. पाटीगणित; अङ्कगणित।

[ना.]

१. खाटका लम्बाइ वा चौडाइतिरका चार थान बला।

२. गुन्द्री; सुकुल।

३. बटुवाहरूलाई विश्राम गर्न एवं वास बस्नका निम्ति बनाइएको घर; धर्मशाला; टौवा; ठाँटी।

[ना.]

हे. पार्टी।

⟵ फेरि सूचीमा जानुहोस्