फेर

[नायो.]

फेरा; पटक; पल्ट

[ना.]

१. उलटपलट; हेरफेर; फेरबदल

२. उल्टो; विपरीत

३. कुनै विषयमा पाइने फरक; अन्तर; भेद; फेरो

४. छल; कपट; बखेडा

५. परिवर्तन; दिनदशा बदलिएको स्थिति

[ना.]

१. मयलपोस, कमिज आदिका कम्मरमुनिको चारैतिरको भाग

२. वरिपरि घुमेको स्वरूप; फेरो; चक्कर

३. स्त्रीहरूले पटुका बाँध्दा वा सारी लाउँदा छोडिने किनारा वा छेउ