गृह · शब्दकोश

गोला

[वि.]

१. कुनै पनि गोलो पदार्थ वा पिण्ड।

२. धेरै अरिङ्गाल, मान्छे, कमिला आदि एकै ठाउँमा झुम्मिएको अवस्था; बाक्लो हुल।

३. बाँडफाँड, लेनदेन, छनोट वा चुनाउ आदिमा सामान्य प्रकारले छिनोफानो हुन नसक्ता निर्णयका लागि प्रयोग गरिने चिट्ठासँग मिल्दोजुल्दो पद्धति; गोला प्रथा।

४. वायुविकारबाट वा अन्य कारणबाट हुने पेटको रोग; वायुगोला; गानो।

५. व्यापारीको अन्न आदि किनबेचको थलो।

६. हातले, तोप आदिले हुत्त्याएर प्रहार गरिने गोलो विस्फोटक वस्तु।

७. बाटुलो; वृत्ताकार; गोलो।

[ना.]

मारवाडीको व्यापारिक सामान भएको पसल वा स्टोर।

[ना.]

१. गोलो गोलो गेल; काठका लट्ठा।

२. नरिवल।

⟵ फेरि सूचीमा जानुहोस्