समावर्तन

[ना.]

१. गएको ठाउँबाट फर्केर आउने काम; फिर्ती; पुनरागमन; प्रत्यागमन

२. प्राचीन हिन्दुपरम्पराअनुसार ब्रह्मचर्य आश्रममा रही वेद, वेदाङ्गको अध्ययन पूरा गरी गुरुकुलको ब्रह्मचर्य आश्रमबाट गृहस्थाश्रममा फर्कने कार्य; द्विज जातिका षोडशसंस्कारमध्ये एक संस्कार

३. विश्वविद्यालयका स्नातक वा सोभन्दा माथिका परीक्षामा समुत्तीर्ण भएका स्नातकहरूलाई उपाधि वितरण गर्ने कार्य; उपाधि वितरणोत्सव; दीक्षान्त समारोह