लिङ्ग
[ना.]
१. कुनै कुराको पहिचान हुने चिह्न वा निसान; लक्षण।
२. पुरुषको जननेन्द्रिय; शिश्न।
३. प्राणीका शरीरमा रहेको स्त्री र पुरुष छुट्याउने चिह्न।
४. मीमांसाका निर्णयका आधारमा छ लक्षण (उपक्रम, उपसंहार, अभ्यास, अपूर्वता, अर्थवाद र उपपत्ति)।
५. मूर्ति वा प्रतिमाका रूपमा पूजित हुने शिवलिङ्ग।
६. व्याकरणमा पुरुष, स्त्री आदि छुट्याउने शब्दका रूप।
७. साङ्ख्यदर्शनका अनुसार सम्पूर्ण विकृति फेरि लीन हुने मूल प्रकृति।