गृह · शब्दकोश

विष

[ना.]

१. कमलनालको गुदी।

२. खाएमा वा कुनै किसिमले थोरै मात्रा पनि शरीरभित्र गएमा डरलाग्दो रोग वा विकार पैदा गराउने र अन्तमा ज्यानसमेत लिनसक्ने वा लिने घातक वस्तु; बिख; जहर।

३. पानी।

४. वत्सनाभ।

५. स्वास्थ्य वा सुखशान्तिलाई हानि पुर्‍याउने कुरा।

६. हिमालयमा पाइने तीनखन्डे, हरियो भेट्नो भएको पात हुने, नीलमञ्जरीका रूपमा फूल फुल्ने, भुवादार फल लाग्ने, आयुर्वेदमा कन्द विषालु मानिएको एक जातको बुटो।

⟵ फेरि सूचीमा जानुहोस्