विष

[ना.]

१. कमलनालको गुदी

२. खाएमा वा कुनै किसिमले थोरै मात्रा पनि शरीरभित्र गएमा डरलाग्दो रोग वा विकार पैदा गराउने र अन्तमा ज्यानसमेत लिनसक्ने वा लिने घातक वस्तु; बिख; जहर

३. पानी

४. वत्सनाभ

५. स्वास्थ्य वा सुखशान्तिलाई हानि पुर्‍याउने कुरा

६. हिमालयमा पाइने तीनखन्डे, हरियो भेट्नो भएको पात हुने, नीलमञ्जरीका रूपमा फूल फुल्ने, भुवादार फल लाग्ने, आयुर्वेदमा कन्द विषालु मानिएको एक जातको बुटो