नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर।
१. कानमा लगाइने गोलाकार मुन्द्रो; कुण्डल।
२. तरुनी।
मकैको टुप्पामा निस्कने धानका बालाजस्तो गुभो; धानचमर।
१. खेतबारीमा उब्जेको अन्न; कृषि उपज; खेती।
२. ठेक्कामा कमाउने, सिउने, कामी, दमाईँ आदिलाई दिनुपर्ने वर्षभरिको अन्नको भाग।
३. पहिलेको चलनमा एक किसिमको जग्गा कर।
४. मोहीले तल्सिङ वा सरकारलाई बुझाउने तिरो; कुत; पोत।
१. जवान।
२. हे. बालिका।
१. गाईवस्तु गाभिनो भएको अवस्था।
२. हे. बहाली।