गृह · शब्दकोश

धुर

१. धुलो।

२. अग्लो ठाउँ; टाकुरो।

३. कुनै पनि ठाउँको सबैभन्दा माथिल्लो स्थान वा भाग; धुरी; टुप्पो।

४. गाडी, बग्गी, रथ, बयलगाडी आदिका पाङ्ग्रा अड्याउन प्रयोग भएको तेर्सो लामो फलामे डन्डी; आग्लो; धुरा।

५. धुराका छेउ छेउमा ठाडो पारेर घुसारिने बियो।

६. नारिएका गोरुका काँधमा राखिने, जुवाका बिचमा हल्लुँड बाँधेर हरिस अड्याउने ठाउँ।

[ना.]

एक कट्ठाको बिसौँ भाग जमिनको परिमाण (प्रायः तराईमा प्रचलित)।

[ना.]

खेतका गरामा हिलो तथा पानी अड्याउन छेउतिर वा चारैतिर उठाइएको माटाको ढिस्को; आली।

⟵ फेरि सूचीमा जानुहोस्