धुर

१. धुलो

२. अग्लो ठाउँ; टाकुरो

३. कुनै पनि ठाउँको सबैभन्दा माथिल्लो स्थान वा भाग; धुरी; टुप्पो

४. गाडी, बग्गी, रथ, बयलगाडी आदिका पाङ्ग्रा अड्याउन प्रयोग भएको तेर्सो लामो फलामे डन्डी; आग्लो; धुरा

५. धुराका छेउ छेउमा ठाडो पारेर घुसारिने बियो

६. नारिएका गोरुका काँधमा राखिने, जुवाका बिचमा हल्लुँड बाँधेर हरिस अड्याउने ठाउँ

[ना.]

एक कट्ठाको बिसौँ भाग जमिनको परिमाण (प्रायः तराईमा प्रचलित)।

[ना.]

खेतका गरामा हिलो तथा पानी अड्याउन छेउतिर वा चारैतिर उठाइएको माटाको ढिस्को; आली