गृह · शब्दकोश

दृश्य

[वि.]

१. आँखाकै अगाडि भएको कुनै तमासा वा मनोरञ्जक गतिविधि।

२. गणितमा अङ्कको रूपमा दिइएको ज्ञात सङ्ख्या।

३. दर्शनीय स्थान।

४. देखिने वा हेर्न योग्य प्राकृतिक वा निर्मित स्थल, घटना, पदार्थ, वस्तु आदि।

५. नाटकको मञ्चनमा एक अङ्कभित्र अघिल्लो पर्दा खुलेर फेरि त्यही पर्दा बन्द नभएसम्मको एक अंश वा भाग; नाटकमा अभिनयको सुविधाका लागि छुट्याइएको घटनाको एक अंश।

६. शिक्षण कार्यमा प्रयोग गरिने स्लाइड, पोस्टर आदि सामग्री।

७. साहित्यमा अभिनय हुन सक्ने वा हुने रचना, नाटक आदि।

८. सिनेमा आदिको यस्तै एक अंश।

९. ठिकसँग जान्न वा बुझ्न सकिने; ज्ञेय र स्पष्ट।

१०. हेर्न लायक; दर्शनीय; मनोहर।

११. हेर्न वा देख्न सकिने; देखिने (दृश्य जगत् वा दृश्य वस्तु)।

⟵ फेरि सूचीमा जानुहोस्