गृह · शब्दकोश

कलम

[ना.]

१. पत्रिका वा पुस्तकका पानाका हरफहरूको ठाडो लहर; स्तम्भ।

२. स्याहास्रेस्तामा जनाइएका रकमहरूको कित्ता वा खण्ड।

[ना.]

जमिनमा वा अर्को रुखमा सार्नका लागि कुनै रुखको हाँगो काट्ने काम; हाँगालाई बिरुवाका रूपमा परिणत गर्ने विधि; बिरुवा वा हाँगा आदिबाट सर्ने बिरुवा निकाल्ने वा छाँट्ने काम।

[ना.]

१. तस्बिर बनाउने हाते कुची; चित्र लेख्ने साधन।

२. बाँस, निगालो वा धातुबाट बनेको लेख्ने साधन; लेखनी।

३. भित्र प्वाल परेको डाँठ हुने सानो बाँस; एक जातको निगालो; सर।

⟵ फेरि सूचीमा जानुहोस्