अधिकारी

[ना.]

१. कुनै अड्डा, सङ्गठित संस्था वा निकायको अधिकार पाएको व्यक्ति; पदाधिकारी; अधिकृत; हाकिम; अफिसर (भूमि सुधार अधिकारी, जिल्ला शिक्षा अधिकारी इ.)।

२. कुनै कुरामा राम्रो दखल भएको व्यक्ति

३. नेपालका थारू, दनुवार, बाहुन, छेत्री आदिको एक थर।

४. पूर्वीय प्राचीन परम्पराअनुसार कुनै पनि शास्त्रको थालनीमा सो शास्त्र पढ्न उपयुक्त पात्र ठहर्‍याइएको व्यक्ति; शास्त्रका आरम्भमा बताइने अनुबन्ध चतुष्टय (विषय, सम्बन्ध, अधिकारी र प्रयोजन) मध्ये एक।

५. स्वामी; मालिक