गृह · शब्दकोश

भूमि

[ना.]

१. कुनै देश वा खास भूभाग।

२. कुनै वस्तुको आधार वा आश्रयस्थल।

३. खेती गर्न लायक जमिन; खेतीपाती गरिने जग्गा।

४. घरको अलग अलग खण्ड; तला; भुइँतला।

५. ठाउँ; स्थान।

६. पृथ्वीको स्थलभाग; भूमि; जमिन; भुइँ; धरती।

७. बौद्ध धर्मका हीनयानमा रहने चार, महायानमा रहने दश र वज्रयानमा रहने तेह्र अवस्था।

८. लिच्छविकालीन भूमिको नापोअनुसार एक रोपनी जतिको परिमाण।

⟵ फेरि सूचीमा जानुहोस्