गृह · शब्दकोश

हेर्नु

[सक्रि.]

१. अध्ययन गर्नु; लिखित वा मुद्रित लिपिबाट ज्ञान हासिल गर्नु।

२. आँखाद्वारा कुनै व्यक्ति वा वस्तुको रूप, रङ्ग, आकृति आदिको ज्ञान प्राप्त गर्नु; आँखा लगाउनु; दर्शन गर्नु।

३. कुरुवा बस्नु; कुर्नु; रुङ्नु।

४. ज्योतिषशास्त्रअनुसार कसैको ग्रहगतिको शुभ वा अशुभ फल बताउनु।

५. पालनपोषण गर्नु।

६. बाटो कुर्नु; प्रतीक्षा गर्नु।

७. भूतप्रेत, बोक्सी आदिको लागो विचार गर्नु।

८. रेखदेख पुर्‍याउनु; हेरविचार गर्नु।

९. विवेक पुर्‍याउनु; विचार गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्