गृह · शब्दकोश

श्री

[ना.]

१. एउटा गुरु वर्णबाट एक पाउ बन्ने उक्ता जातका छन्दको एक भेद।

२. औडव वर्गअन्तर्गत पर्ने, शास्त्रअनुसार सूर्यास्तपछि र विशेषतः हेमन्तऋतुमा गाइने एक रागको नाम।

३. कुनै महिमा वा गौरवको चिह्न; यश।

४. छेलोखेलो धनसम्पत्ति; ऐश्वर्य।

५. धनकी प्रतीक लक्ष्मी।

६. नामअगाडि लगाइने शुभ तथा आदरसूचक शब्द।

७. विद्या तथा गुणकी प्रतीक सरस्वती।

८. विद्या, बुद्धि, सम्पन्नता, रूप, गुण आदिका शक्ति वा पूर्णताबाट झल्कने शोभा; कान्ति; दीप्ति।

९. सजावट; सिँगार।

⟵ फेरि सूचीमा जानुहोस्