गुरु
[वि.]
१. कुनै पनि विद्या प्रदान गर्ने व्यक्ति; शिक्षक; अध्यापक।
२. गायत्री, वेदमन्त्र आदि दीक्षा दिने व्यक्ति; आचार्य।
३. छन्दशास्त्रमा दुई मात्रा हुने अक्षर; दीर्घ अक्षर वा सो जनाउने चिह्न (ऽ)।
४. ड्राइभर।
५. पुरेत।
६. बुद्धि, बल, उमेर, विद्या आदिमा श्रेष्ठ, आदरणीय वा पूज्य व्यक्ति; मान्यजन।
७. बृहस्पति।
९. सङ्गीत, कला आदि सिकाउने व्यक्ति; उस्ताद।
१०. सङ्गीतमा एउटा दीर्घ वा दुइटा लघु मात्रा हुने तालको अंश।
११. गाह्रोसित पच्ने वा पाक्ने।
१२. तौल वा भार भएको; कठिन; गहन।
१३. बडेमाको; महत्त्वपूर्ण; ठुलो।