जाँतो
[ना.]
ढुङ्गा कोत्रेर दाँत निकालेको एक फग्लेँटो (पोथी फग्लेँटो) तल राखी त्यसको बिचमा माने जडी त्यसै गरी कोत्रेर दाँत निकालिएको अर्को फग्लेँटो (भाले फग्लेँटो) को बिच प्वालमा तल्लो फग्लेँटोको माने घुसारी दुवै फग्लेँटालाई खप्टाई मानेको प्वालबाट अन्नको घान छिराई माथिल्लो फग्लेँटोको एक छेउको डोबमा जडिएको हातो पक्री सो फग्लेँटोलाई घुमाई दुई फग्लेँटाका घर्षणबाट अन्न पिँध्ने एक ढुङ्गे यन्त्र।